सङ्घीयताका विषयमा सङ्घीय आयोग बनाउन ज्ञवालीको सुझाव

फागुन २३, दाङ – नेकपा एमाले का उपाध्यक्ष युवराज ज्ञवालीले असहमतिका विषयलाई अल्झाइराखेर संविधान नै अवरुद्ध गर्ने काम गर्न नहुने बताउँदै सङ्घीयताको विषयलाई थाती राखेर सङ्घीय आयोग बनाएर अघि बढ्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति नहुने विषयलाई अर्को कुनै उपायबाट टुङ्ग्याउने गरी संविधान जारी गर्नुपर्नेमा जोड दिनु भएको छ ।

सङ्घीयताको विषयलाई थाती राखेर सङ्घीय आयोग बनाउने र बाँकी विषयलाई टुङ्ग्याएर संविधान जारी गर्ने नेता विजयकुमार गच्छदारको प्रस्ताव सकारात्मक भएकाले त्यसलाई आधार बनाएर वार्ता गर्न सकिने उहाँले बताउनुभयो ।संघीयता र धर्म्निरपेक्षताका बिषयमा पछि फर्कन नसकिने भन्दै उहाँले आन्दोलन र परिवर्तनको एजेण्डामा राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चासँग सम्झौता नहुने स्पष्ट पार्नुभयो ।