भारतलाई गुहारेको छैन- डा. भट्टराई

फागुन २३, काठमाडौँ – एकीकृत नेकपा माओवादी नेता डा बाबुराम भट्टराईले आफूले भारतलाई नगुहारेको दाबी गर्नु भएको छ । हालै भारत भ्रमणबाट फर्किनु भएका नेता भट्टराईले आजको बालुवाटार बैठकमा यस्तो दाबी गर्नु भएको हो । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र विपक्षी दलका नेताहरुको बैठकमा नेता भट्टराईले भारत बसाइको क्रममा आफूले राजनीतिक भेटघाट गरे पनि नेपालको राजनीतिक निकासका लागि नगुहारेको प्रस्ट पार्नु भएको हो ।

प्रमुख दलका शीर्ष नेताहरुबीच संवादहिनता तोडिएर सुरु भएको वार्तालाई उहाँले सकारात्मक भन्दै राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले सहमतिमै नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिनु भएको छ ।