सिरहामा दाइको घाँटी रेटियो, भाइको हात काटियो

फागुन २३,सिरहा – सिरहाको डुमरी गाविसमा पुरानो रिसइबीका कारण मदिरा सेवन गरेका एक यूवा समूहले दुई यूवामाथि गएराति धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।डुमरी– ६ का गिरी भन्ने अशोक यादब र उहाँको आफ्नै भाई सन्तोष यादबमाथि धारिलो हतियार खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार अशोकको आधा घाँटी काटिएको छ भने सन्तोषको हात काटिएको छ।

घाइते दुबै जनाको उपचारका लागि विराटनगर लगि पनि त्यहाँ उपचार सम्भव नभएपछि धरान लगिएको प्रहरी निरीक्षक खितिवडाले जानकारी दिनुभयो ।
घटना स्थलबाट प्रहरीले दुई थान मोटरसाइकल बरामद गरेको छ । प्रहरी निरीक्षक खतिवडाका अनुसार आक्रमणकारीहरु मोटरसाइकल छाडेर खुकुरी हान्नेहरु भएका छन् । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिसकेको खतिवडाको भनाइ छ।
खुकुरी प्रहारबाट घाइतेका भतिजा संदिप यादबले स्थानीय पसलमा समान खरिद गर्न गएका बेला सोही ठाउँका राजेश्वर साह, संजीव कुमार मण्डल, नथुनी यादब र सुनिल महरा लगायतका यूवाहरुको समूहले धारिलो हतियार प्रहार गरेको बताइएको छ।