बुढासुब्बा गोल्डकपको फाइनल आज हुदै

फागुन २३, धरान –धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङदी र एपिएफ क्लबबीच भिड्दैछन् । एन्फा टेक्निकल मैदानमा हुने प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका विजेताले ३ लाख ६० हजार र उपविजेताले एकलाख ७५ हजार पाउनेछन् ।