हात्तीपाइले रोगको निशुल्क औषधि खुवाईंदै

फागुन, काठमाडौँ – सुदुरपश्चिमका नौ वटै जिल्लामा आजदेखि पर्सीसम्म हात्तीपाइले रोगको निशुल्क औषधि खुवाईंदैछ । २ बर्ष मुनिका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी आमा, दीर्घरोगी बाहेकका सबैलाई औषधि खुवाईन लागेको हो । बैतडीमा मात्रै यो पाली २ लाख ३६ हजार १ सय ९२ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईदैछ । अभियान संचालनका लागि जिल्लाभरका लागि ४ सय स्वास्थ्यकर्मी खटाईने छन । यस्तै १ हजार ४ सयको संख्यामा स्वास्थ्य स्वयमसेवीकाहरु परिचालन गरेने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले वताउनुभयो । हात्तीपाईले बिरुद्धको औषधि सेवनबाट सामान्य किसमका ज्वरो आउने, शरिरमा कम्पन हुने लगायतका असरहरु पर्ने भएकाले यस्ता सामान्य असरबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको उहांले बताउनु भएको छ । हातिपाईले रोग विश्वका ८० भन्दा बढि मुलुकमा पाइएको छ ।