भारतीय विमानले टर्किस विमान तान्नु राष्ट्रघाती : वैद्य माओवादी

फागुन २२, काठमाडौँ –  मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले दुर्घटनाग्रस्त टर्किस जहाज हटाउनका लागि भारतीय सेना र भारतीय सेनाको जहाजलाई बोलाउनु राष्ट्रिय स्वधानितामाथि गम्भीर हेलचेक्राइ भएको प्रतिक्रिया दिएको छ ।

पार्टीका प्रवक्ता पम्फा भुसालले शुक्रबार जारी गरेको विज्ञप्तीमा काठमाडौंको विमानस्थलमा विदेशी सेना र सैनिक जहाजको उपस्थितिप्रति आपत्ति जनाइएको छ। आन्तरिक साधन र उपायको अत्यधिक प्रयोग गर्नुपर्ने र बाह्य सहयोग लिनैपर्ने अवस्था भए पनि गैरसैनिक उपाय खोजिनुपर्नेमा सैनिक जहाज ल्याउनु राष्ट्रिय स्वधानितामाथि गम्भीर हेलचेक्राइ भएको विज्ञप्तीमा उल्लेख छ। दुर्घटनाग्रस्त टर्किस जहाज हटाउन भारतीय सेनाको विशेष विमानसहित भारतीय सेनाको एउटा टोली बिहीबार काठमाडौं आएको थियो।