कांग्रेस-एमालेमात्र यो देशका पार्टी, अरु सबै एनजिओ : केपी ओली

फागुन २२, काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेमात्र नेपालका पार्टी भएको बताएका छन् । एमाओवादी र मधेसवादीसहितका दलहरुलार्इ एनजिओको संज्ञा दिँदै अध्यक्ष ओलीले एनजिओ कहिले पनि जनताको पार्टी हुन नसक्ने बताएका हुन् । एमाले केन्द्रीय कार्यालय बल्खुमा आयोजित ४२ औं सहिद स्मृति दिवस कार्यक्रमममाबोल्दै अध्यक्ष ओलीले अन्य दललार्इ एनजिओको संज्ञा दिएका हुन् ।

कांग्रेस र एमालेमामात्र राजनीतिक दलको चरित्र छु,  अध्यक्ष ओलीले भने, अरु सबै एनजिओमात्र हुन् । एनजिओहरु कहिले दल बन्न सक्दैनन् । एमाओवादीप्रति कडारुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले करोडौं खर्च गरेर कार्यकर्ता खुलामञ्चमा जम्मा गर्दैमा आन्दोलन सफल भएको भ्रममा नपर्न चेतावनी दिए । उनले संविधान निर्माणका बेला आन्दोलन गरेर जनतालार्इ नभड्काउन पनि एमाओवादी मोर्चालार्इ खबरदारी गरे ।

ओलीले एनजिओहरुले दल बन्ने कोशिस गरेर देश र जनतालार्इ भ्रममा पारेको उल्लेख गर्दै कांग्रेस र एमालेमात्र जनताको प्रतिनिधित्व गर्ने बताए । त्यसैगरी यदु स्मृति प्रतिष्ठानले बिहीबार राजधानीमा गरेको १६ औं यदु स्मृति दिवस तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै ओलीले अन्य दलका कार्यकर्तालार्इ एमालेमा आउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक राधाकृष्ण मैनालीलाई पार्टी प्रवेश गराएतर्फ संकेत गर्दै ओलीले अरु पार्टीका नेतालाई एमालेमा प्रवेश अभियान चलाइरहेको जानकारी दिए । पछिल्लो समय एमालेको प्रतिष्ठा बढे राष्ट्रिय राजनीतिको केन्द्रमा रहेकाले अन्य पार्टीका कार्यकर्तालाई एमालेमा भित्र्याएर सामुहिक ब्रतबन्ध गरिदिने उनको भनाइ रहेको अन्नपुर्णले छापेको छ ।

एमालेसँग अब कांग्रेसले पनि प्रतिस्पर्धा गर्न नसक्ने ओलीको दाबी थियो ।  ‘कांग्रेस विस्तारै कम्जोर बन्न थालेको छु, उनले भने, भोलिका दिनमा एमालेसँग कांग्रेसले प्रतिस्पर्धा गर्न सक्दैन ।’