रन वेबाट टर्किस विमान हटाउन सुरु, भोली बिहान १० बजे सम्मका लागी अन्तराष्ट्रिय उडान बन्द

फाल्गुन २१, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान हटाउन कार्य सुरु भएको छ । भारतबाट ल्याइएको भारतीय वायु सेनाको विशेष विमानले दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई धावनमार्गबाट हटाउन प्रयास गर्ने विमानस्थले जनाएको छ ।

५ हजार फिटको रनवेमा अवतरण र उडान गर्नसक्ने यो विमानले विमानलाई तान्न चाहिने र बनाउन सहयोग गर्ने सामग्री लिएर आएको छ । विमानले ल्याएको एयरक्राफ्ट रिमुभल किटको प्रयोग गरी विमान हटाउन आएको उपकरणसहितको विज्ञ टोलिले काम सुरु गरिसकेको छ । जसका कारण भोली बिहान १० बजेसम्मका लागी सबै अन्तराष्ट्रिय उडान रद्ध गरिएको विमानस्थल स्रोतले जनाएको छ ।