एमाओवादी मोर्चाले गर्यो वार्तामा जाने निर्णय

फागुन २१ ,काठमाडौँ-लामो समय देखि पानी बाराबारको स्थिीतीमा रहेको एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले सत्तापक्षसँग वार्ता गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मोर्चाको बैठकले आन्दोलनको समीक्षा गर्दै वार्तावाटै समस्याको समाधान खोज्ने निर्णय गरेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार आजको बैठमा वार्ताको लागि सत्ता पक्षले प्रक्रिया रोकेर सहमतीय प्रक्रिया सुरू गर्नुपर्ने शर्त अगाडि सारेको छ। प्रधानमन्त्रीले विपक्षी मोर्चालाई पटक पटक वार्ताको लागि आह्वान गरेको भए पनि वार्ताको वातावरण भने नबनेको विपक्षी मोर्चाले ठहर गर्दै प्रक्रियालाई फिर्ता गरे वार्तामा जाने निर्णय गरेको हो प्रवक्ता शर्माले बताए । मोर्चाका संयोजक प्रचण्ड र प्रधानमन्त्री शुशिल कोइराला बिच पटक पटक औपचारिक र अनौपचारिक छलफलका बिच मोर्चाले यस्तो निर्णय गरेको हो ।