सबै वामपन्थी शक्तिहरु एक हुन जरुरी : अध्यक्ष ओली

फागुन २१ ,काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका सबै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने आजको आवश्यकता रहेको औँल्याएका छन् ।

नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्यहरुलाई आज सपथ खुवाउने क्रममा पार्टी कार्यलय वल्खुमा आयोजित कार्यक्रममा बोल्दै  अध्यक्ष ओलीले वामपन्थी शक्तिाको एकीकरणको खाँचो औँल्याएका हुन् ।

सहमतिमा संविधान निर्माणका लागि प्रयत्न भैरहेको बताउँदै ओलीले त्यसो हुन नसकेमा प्रक्रियामै गएर भए पनि संविधान जारी गरी देशलाई अन्यौलबाट मुक्त पार्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका वैकल्पिक सदस्य खगेन्द्र चुँडाल,देवशङ्कर पौडेल,मानबहादुर जिसी,रूपनारायण श्रेष्ठ, झपट रावल,डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई सपथ गराएइको हो । एमाले केन्द्रीय समिति अहिले १८० सदस्यीय बनेको छ ।