होली पर्व हर्षोल्लासका साथ मनाईदै

फागुन २१, काठमाडौँ-आज  रंगहरुको पर्व अर्थात होली मुलुकका पहाडी जिल्लमा हर्षेल्लासका साथ मनाइद्यैछ । फागुन शुक्ल पूर्णिमाका अवसरमा यो पर्व आज र तराई भेगमा भने शुक्रबार भव्यताका साथ मनाइदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ ।  यसै क्रममा विभिन्न विद्यालयहरु संघ संस्थाले होलीको उल्लासमय कार्यक्रम आयोजना गरेका छन् ।

काठमाडौंमा रहेका सुदूर पश्चिमेलीहरुले पनि खुल्लामाचमा आज दिउंसो होली कार्यक्रम गर्दैछन् । पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।

भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । तर, काठमाडौ उपत्यकामा भने प्रहरीले यसपटक जबरजस्ती लोला हान्न भने कडाइ गरेको छ ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ । फागुको अवसरमा राजधानीमा विभिन्न कार्यक्रम गरेर सर्वसाधारणले आपसी सदभाव साटासाट गरिरहेका छन् ।