अष्ट्रेलियाद्धारा एकै खेलमा दुई कीर्तिमान

फागुन २१ काठमाडौँ -अष्ट्रेलियाले  एकै खेलमा  दुई नयाँ विश्व कीर्तिमान बनाएको छ । अफगानिस्तानलाई २ सय ७५ रनले हराउँदै भारत र दक्षिण अफ्रिकाको कीर्तिमान बराबर बनाएको अष्ट्रेलियाले विश्वकप क्रिकेटमा सबै भन्दा बढी रनको कीर्तिमान भारतबाट खोसेर आफ्नो नाममा लेखाएको छ ।

अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ४१७ रनको नयाँ बिश्व किर्तिमान बनाएको हो । यसअघि २००७ मा भारतले बर्मुडाविरुद्ध ५ विकेट गुमाएर ४११ रन बनाएको थियो । ४ सय १८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई ३७ ३ ओभरमा १४२ रनमा अलआउट गरेको अष्ट्रेलियाले विश्वकप क्रिकेटमा यसअघि २००७ मा भारतले बमूर्डालाई र २० १५ मा दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई हराउँदा बनाएको २५७ रनको कीर्तिमानमा आफुलाई पनि दर्ता गराएको छ ।