संविधानका लागि प्रचण्ड विष पिउन तयार छु : प्रचण्ड

फागुन २१, पोखरा-एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले संविधानसभाबाट सहमतिमा संविधान बनाउनका लागि आफू विष पिउन पनि तयार रहेको बताएका छन्।   संविधानसभा आफूहरूको एजेन्डा भएकोले यसलाई निश्कर्षमा पुस्याउन आफूजस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताउँदै उनले भने, ुसंविधानका लागि म विष पिउन पनि तयार छु।

कास्कीको २३ औं जिल्ला परिषद्को उद्घाटन गर्दै उनले भने ुविपीमाथि र मदन भण्डारीमाथि जे भयो, त्यो म माथि पनि हुन्छ, हुन्छ । तपाईहरुले हाम्रो मान्छेमाथि खतरा आयो भनेर बचाए भने सुरक्षा हुन्छ । नत्र हामीलाई भगवानले पनि बचाउन सक्दैन।

नेपालमा असल काम गर्नेलाई समाप्त पारिएको इतिहास सम्झदै उनले भने,जतिसुकै जोखिम मलेर भएपनि जनताको संविधान बन्छ।ु आफु सधै जनतालाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै उनले नेताको सुरक्षा गर्न जनतालाई आव्हान गरे।

ुम, हाम्रो पार्टी जसरी पनि संविधान बनाउने पक्षमा छ। अलिकति दाह किटेर माग राख्दा राम्रो संविधान बन्छ।सेना समायोजन र गणतन्त्र पनि धेरैलाई मन परेको थिएन। सबैको प्यारो बन्न नसक्दा माओवादी फुटेको हो, उनले भने ुएकातिर सहमतिवाट र अर्कोतिर प्रकृयावाट संविधान बनाउनुपर्छ भन्ने द्वन्द चलिरहेको छ। अन्नपुर्णपोष्टमा खबर छ ।

जे गरे पनि सुख छैन सहमति गरौ भोलिपल्टदेखि गद्दारी गरेर मुद्दा छोडयो भन्छन्। अर्कोतिर देश विखण्डन हुने खतरा पनि देखेको छु ।

करिब ४० मिनेट लामो मन्तव्यमा उनले नेपालमा राम्रो काम गर्नेहरुको भलो नभएको चर्चा गर्दै राम्रो काम गर्न खोज्दा आफुमाथि खतरा आइरहेको आंशका व्यक्त गरे।उतिवेला भीम मल्लले तिव्वतमा भोटेहरुलाई पराजित गरे ।

राजालाई गएर सुनाउछु भनेर आउँदा राजाले गेटमा दुई टुक्रा पारिदिए । त्यतिवेलादेखि यो देशमा राम्रो गर्नेको भलो नहोस भनेर सतिले सराप दिएको पढिन्छ, उनले भने विपी कोईराला क्रान्तिकारी हुनुहुँदोरहेछ ।

पन्ध्र सालमा चुनाव त जित्नुभयो । तर दुई वर्ष नहुदै निर्वासनमा पर्नुभयो । त्यस्तै त्यस्तै कारणले म पनि प्रधानमन्त्रीवाट हट्नुपयो ।ुउनले मदन भण्ढारी जल्दोवल्दो युवा भएको र राम्रो गर्दा गर्दै सकिन परेको बताए ।

उनले १२ बुँदे शान्ति सम्झौतासम्म आइपुग्दा गिरीजाप्रसाद कोइराला र आफु नायक भएको दावी गर्दै अहिले गिरिजा नभएकोले संविधान जारी गर्न आफ्नो मुख्य जिम्मेवारी रहेको वताए ।