सम्बन्ध बिच्छेदका घटना बढ्दै

फागुन २१, पर्वत-पछिल्लो समय पर्वतमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालत पर्वतका अनुसार पछिल्लो तिन वर्षको अवधिमा वर्षेनी यस्ता घटना बढ्दै गईरहेका छन् । आर्थिक वर्ष २०६९–७० मा सम्बन्ध बिच्छेदका ४१ मुद्धा अदालतमा दर्ता भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७०–०७१ मा ४५ ओटा मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्षको पुष सम्म २५ ओटा सम्बन्ध बिच्छेदका मुद्धा अदालतमा दर्ता भएको पर्वत जिल्ला अदालतले जनाएको छ ।

अदालत स्रोतका अनुसार अधिकांस मुद्धाका कारण बैदेशीक रोगजार बन्नेगरेका छन् । मुलुकी ऐन अन्तर्गत लोग्नेस्वास्नीको महलमा लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउने चार र श्रीमतिले पाउने नौ कारण उल्लेख गरेको छ ।