एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाको नयाँ कीर्तिमान

फागुन २०, काठमाडौ  -अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएको छ ।
यसअघि भारतले सन् २००७ को विश्वकपमा बनाएको चारसय १३ रनको कीर्तिमानलाई पछि पार्दै अष्ट्रेलियाले अफगानिस्तान विरुद्धको आजको खेलमा चारसय १७ रन बनाएको छ । पहिले व्याटिङ गरेको अष्ट्रेलियाका लागि डेभिड वार्नरले एकसय ७८, स्टेभेन स्मिथले ८५ र ग्लेन म्याक्सवेलले ८८ रनको योगदान गर्नुभयो । चारसय १८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अहिले जवाफी व्याटिङ गरिरहेको छ ।यसैवीच आजै विहान भएको खेलमा पाकिस्तानले युएईलाई एकसय ४९ रनले पराजित गरेको छ । जारी विश्वकपमा आफ्नो दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानले तीनसय ३९ रन बनाएको थियो । जवाफमा व्याटिङ गर्न आएको युएईलाई दुईसय १० रनमा समेटेपछि पाकिस्तानको जित सुनिश्चित भएको हो ।