अन्तर्राष्ट्रिय उडान भोलीदेखि मात्र संचालन हुने

फागुन २०, काठमाडौं  – बुधबार काठमाडौँको अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त जहाज हटाउन नसक्दा आज भर विमानस्थल संचालन हुन सकेन । जहाजको पाङग्रा भास्सिएको र निकाल्न तथा फेर्न समय लाग्ने भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलले जनाएको छ । टर्किस एयरलाइन्सको जहाज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि उडान तथा अवतरण रोकिएको हो । २२७ यात्रुलाई दुर्घटनाबाट सकुसल बचाउन सफल भएको एयरलाइन्सका पाइलटलाई यात्रुले तारिफ गरेका छन् । यसैबिच बिहान पौने आठ बजेदेखि रोकिएको आन्तरिक उडान भने दिउँसो साढे १२ बजेदेखि पुन सुरु भएको विमानस्थलले जनाएको छ ।