बुटवलमा जिल्लास्तरीय खुल्ला स्नुकर प्रतियोगीता हुने

फागुन २०, रुपन्देही-रुपन्देही पुल तथा स्नुकर सघं रुपन्देहीको आयोजनामा जिल्लास्तरिय खुल्ला स्नुकर प्रतियोगीता हुने भएको छ । प्रतियोगीता आउदो २१ गतेदेखी बुटवलमा शुरु हुदैछ । जिल्लाका झण्डै ८० देखी ९० जना सहभागी हुने प्रतियोगीतामा प्रथम हुनेले २५ हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले ५ हजार पाउने रुपन्देही पुल तथा स्नुकर सघं रुपन्देहीका अध्यक्ष हरी क्षेत्रीले जानकारी दिनुभयो ।
रुपन्देहीमा स्नुकर खेलाडीहरु प्रतिको नकारात्मक मानसिकता तोड्दै सम्भावना बोकेका स्नूकर खेलाडीहरुको मनोबल अभिवृद्धी गर्दै जिल्लामा स्नुकर खेलको व्यवसायीक बिकासकालागि प्रतियोगीताको आयोजना गरिएको खेल संयोजक तथा सघंका जिल्ला उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

सघंले शनिवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको विवीध विषयमा जानकारी गराएको हो । प्रतियोगीता संचालनका लागी सघंले आवश्यक तयारी तिव्र पारेको जनाएको छ । प्रतियोगितामा हाई स्कोर ब्रेकरलाई ३ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने तथा २ जना उदीयमान खेलाडीलाई राईजिङ स्टार प्लेयरको रुपमा सम्मान गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
प्रतियोगीता सचांलनको खर्च आवश्यक सहयोग तथा सघंभित्रैवाट जुटाईएको सघंका अध्यक्ष हरी क्षेत्रीले वताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष क्षेत्रीले स्नुकर खेल अन्तराष्ट्रिय जगतमा प्रतिष्ठित र राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त खेल भएपनि विगतमा पुल तथा स्नुकर हाउस र खेलाडीलाई प्रशासनबाट विभिन्न नाममा ज्यादती हुने गरेकोमा पछिल्ला वर्षहरुमा संघको स्थापनापश्चात आचारसंहिता बनाई खेललाई व्यवस्थित र मर्यादित बनाइएपछि प्रशासनले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वताउनुभयो । नकआउट सिस्टमवाट खेलाईने यस प्रतियोगीता जित्ने तथा टप १० मा सम्मका खेलाडीले राष्ट्रि खेलमा प्रतिस्पर्धाका लागी पठाईने समेत अध्यक्ष क्षेत्रलीे वताउनुभयो । त्यस्तै सो प्रतियोगीतामा समेत माथील्ला तह भेट्टाए अन्तराष्ट्रि स्तरका खेलका लागी समेत पहल गरिने उहाको भनाई छ ।