नेपालमा स्वाइन् फ्लु संक्रमितको संख्या ५८ पुग्यो

फाल्गुन २०, काठमाडौं- भारत लगायत विश्वभर समस्याका रुपमा देखिएको  स्वाइन फ्लुका कारण नेपाल पनी प्रभावित बनेको छ ।  नेपालमा स्वाइन् फ्लु संक्रमितको संख्या ५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्ट अनुसार थप दश जनामा स्वाइन फ्लु भाइरस देखिएपछि संक्रमितको संख्या ५८ पुगेको हो । स्वाइन फ्लुबाट संक्रमित भएको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य जाँच गर्न आउनेहरुको संख्या पनि बढेको छ ।
प्रयोगशालामा चौबिसै घण्टा चेकजाँच गर्ने ब्यवस्था नहुँदा टाढा टाढाबाट परिक्षणका लागि आउनेहरु त्यसै फर्किन बाध्य छन् ।
बढी ज्वरो आउने, रुघा, खोकी लाग्ने भएमा स्वाइन फ्लुको शंका गरी उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।