निगमले आज तीन अर्ब ऋण भुक्तानी गर्ने

फागुन २०, काठमाडौ- नेपाल आयल निगमले आज   नागरिक लगानी कोषसँग लिएको मध्ये  तीन अर्ब ऋण भुक्तानी गर्दैछ । निगमले कोषबाट आठ अर्ब ६६ करोड विभिन्न समयमा ऋण लिएको थियो ।  तीन अर्ब भुक्तानी गरेपछि रु पाँच अर्ब ६६ करोड तिर्न बाँकी रहने आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विभिन्न संस्थासँग लिएको ऋण तिर्ने निर्णय गरेको प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए  । निगमले आइओसी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थालाई  ३१ अर्ब ३२ करोड ऋण तिर्न बाँकी छ ।

निगमले कोषबाट १२ प्रतिशत व्याजदरमा ऋण लिएको भन्दै चर्को आलोचना भएको थियो । दुई वर्ष पहिले तत्कालीन अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ब्याजदरमा दुई प्रतिशत घटाएर १० प्रतिशत कायम गर्न निर्देशन दिएका थिए । निगमले हालसम्म आठ पटक मूल्य समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल ४७ अमेरिकी डलरसम्म घटेको थियो ।