ट्याङ्करले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमा नै मृत्यु, श्रीमान् घाइते

फागुन २०, काठमाडौँ-नयाँबानेश्वरको तीनकुनेमा डिजेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने महिलाको मृत्यु भएको छ ।

ना२ख २७३५ नम्बरको ट्याङ्करले बा५२प ५८३४ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिएपछि मोटरसाइकलमा पछाडि बसेकी ४७ वर्षीया हिरा लामाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तथा मृतकका श्रीमान गणेशबहादुर लामा भने उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । सोही स्थानमा केही महिनाअघि टिप्परको ठक्करले स्कुटर सवार एक युवतीको पनि मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।