संविधान बनाउन आलटाल गरे कांग्रेसलाई रुँगेर नबस्ने एमाले सचिवको चेतावनी

फागुन १९, काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली काँग्रेसले संविधान बनाउन आलटाल गरे अब काँग्रसलाई रुगेर नबस्ने चेतावनी दिएका छन् । झापामा आयोजीत कार्यक्रममा बोल्दै भट्टराईले संविधान निर्माणको प्रक्रिया अघि नबढाउने भए तत्काल कांग्रेस नेतृत्वको सरकारबाट एमाले बाहिरिने चेतावनी दिए ।

भट्राईले भने ‘संविधान निर्माणको प्रक्रियालाई अघि नबढाउने भए एमालेले सरकार रुँगेर बस्दैन ।’ भट्टराईले नेपाली कांग्रेस सँगको नेकपा एमालेका व्यपार घाटामा भइरहेको समेत बताएका छन् ।

मंगलबार झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले कांग्रसलाई थप चुनौती दिदै भनेका छन् ‘‘संविधान निर्माणको प्रक्रिया अविलम्ब अघि नबढाउने हो भने सरकारको विकल्प खोज्नुपर्ने हुन्छ । सरकारमा बसेर घाटाको ब्यापार गर्ने रहर एमालेलाई छैन ।