फागुन १९, काठमाडौँ-एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आयरल्याण्डमाथि २ सय १ रनको जित निकालेको छ। अष्ट्रेलियाको राजधानी क्यानबेरा मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ४ सय ११ रनको फराकिलो लक्ष्य पछ्याएको आयरल्याण्ड ४५ ओभरमा सबै सबै विकेट गुमाएर २ सय १० रनमै समेटियो।
आयरल्याण्डका एन्डी बालबिराइनले ७१ बलमा ७ चौकाको मद्दतले ५८ रन बनाए भने केभिन ओभ्रेइनले ४८ रन बनाए। यस्तै जर्ज डक्रेलले २५ रन, म्याक्स सोरेनसेनले २२ रन, नअल ओब्रेनले १४ रन र विलियम पोर्टरफिल्डले १२ रन बनाए। यता, दक्षिण अफ्रिकाका किल अबोटले ४ विकेट, मोर्ने मोर्केलले ३ विकेट, डाले स्टिनले २ विकेट र ए बीडि भिलिर्यले १ विकेट लिएका थिए।
तर दक्षिण अफ्रिकाको लागि हसिम अम्लाले १२८ बलमा १६ चौका र ४ छक्का प्रहार गर्दै १ सय ५९ रन बनाए भने फाफ डु प्लेसीसले १० चौका र एक छक्का प्रहार गर्दै १ सय ९ रन बनाएका थिए। यसैगरी राईले रुसो नटआउट रहँदै ६१ रन तथा डेभिड मिलरले पनि नटआएट हुँदै ४६ रन बनाएका थिए।विश्वकपमा दक्षिण अफ्रिकाले ४ सयभन्दा बढी रन यो दोस्रो पटक बनाएको थियो। यसअघि दक्षिण अफ्रिकाले वेस्टइन्डिजसँगको खेलमा ४ सय ८ रन बनाएको थियो।