एमालेद्धारा ८ जना नेता केन्द्रीय कमिटीमा मनोनित

फागुन १९, काठमाडौँ-नेकपा एमालेले वैकल्पिक केन्द्रीय सदस्यमा ८ जना नेताहरुलाई मनोनित गरेको छ । स्थायी कमिटीको मंगलवार बसेको बैठकले झापाका खगेन्द्र चुँडाल, रामेछापका देवशंकर पौडेल, कास्कीका मानवहादुर जिसी, काठमाडौंका रुपनारायण श्रेष्ठ र अछामका झपट रावललाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको हो ।

त्यस्तै अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकामध्ये डा  देउमान सम्बाहम्फे, भाष्कर काफ्ले र प्रल्हाद गिरी पनि वैकल्पिक केन्द्रीय सदस्य बनेका छन् । सम्बाहम्फे र काफ्ले नेकपा मालेबाट प्रवेश गरेका हुन् मधेशी मूलका प्रल्हाद गिरी एनेकपा माओवादीबाट प्रवेश गरेका हुन् ।

उनी केही समय मधेशको सशस्त्र समूहमा समेत थिए । स्थायी कमिटीले मनोनित गर्ने कोटा समेत पूरा गरि केन्द्रीय कमिटीलाई पूर्णता दिएको केन्द्रीय सदस्य सूर्य थापाले बताए । अब एमाले केन्द्रीय कमिटी १ सय ८४ सदस्यीय भएको छ ।