प्रधानमन्त्री कोइराला र प्रचण्डले एउटै मञ्चबाट भने ‘अब छिट्टै संविधान आउँछ’

फागुन १९, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति र समृद्धि चाहिएको भन्दै चाँडै नयाँ संविधान आउने बताएका छन् । संविधान विना विकास सम्भव नरहेको भन्दै उहाँले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वार्णमहोत्सव कार्यक्रममासंगै उपस्थित एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाले पनि सहमतिबाट छिटै संविधान बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीसंग आफ्नो अनौपचारिक वार्ता भईरहेको भन्दै उनले चितवनबाट फर्केपछि नयाँ वातावरण बन्ने बताउनुभयो । उनले सत्ता पक्ष र विपक्षी दलको नेता एउटै मञ्चमा बस्दा मुलुकभर सकारात्मक सन्देश गएको समेत उल्लेख गरे । स्वर्णमहोत्सवको प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।