बाबुरामले भेटे भाजपाका महासचिवलाई

फागुन १९, काठमाडौं- २ दिन अघि भारत भ्रमणमा निस्केका एमाओवादी नेता बाबुराम भट्टराईले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाका महासचिव राममाधवलाई भेटेका छन् । सोमबार आफ्नो ट्वीटरबाट राममाधवसँग भेटवार्ता गरेको तस्विर बाबुरामले  सार्वजनिक गरेका हुन् ।

तर उनले के कुराकानी भयो भन्ने विषयमा भने केही खुलाएका छैनन् । फागुन १६ मा खुल्लामन्चको सभामा भाषण गरेर दिल्ली तथा मुम्बाइ पुगेका बाबुरामले भारतमा विभिन्न नेता तथा बरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरिरहेका छन् । हिजो मात्रै बाबुरामका अन्तर्वार्ता भारतीय मिडियामा प्रकाशित भएका थिए ।