पहिरोले कर्णाली थुनिदा बाँध भन्दा तलका स्थानीय जोखिममा

फागुन १९, कालीकोट- निरन्तरको केही दिन यताको वर्षाका कारण हुम्लाको याङ्चुमा गएको पहिरोका कारण कर्णाली नदी थुनिएको छ। माथिल्लो स्तरमै नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्।हुम्ला सदरमुकाम सिमिकोटसँगै जोडिएको याङ्चु९९ मा आज बिहान पहिरो गएर जाँदा कर्णाली थुनिएको हो।

उच्च क्षेत्रमै कर्णाली थुनिदा कालिकोट लगायत तलका जिल्लाका बासिन्दा जोखिममा परेका हुन्। कर्णाली नदी थुनिएपछि कालिकोट जिल्ला प्रशासन कार्यालयले नदी किनार आसपास रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ।