नेप्से ९ अंकले उकालो लाग्यो, शेयर बजारमा झण्डै दोहोरो अंकको सुधार

फागुन १९,काठमाडौँ -नेप्से परिसुचक  ० अंकले उकालो लागेको छ ।  नेप्से ९ अंक बढीले उकालो लागेर ९ सय ८४ पुग्यो । अन्य बाहेक कारोबार भएका अरु सबै समूह हरियो रहेसंगै नेप्से सुधारिएको हो । होटल समूहमा सबैभन्दा उच्च ३३ अंकको सुधार भयो ।  बीमा समूह पनि ३० अंकले बढ्यो । जलविद्युत समूहमा पनि २५ अंकको बृद्धि आयो । वाणिज्य बैंक समूह १० अंकले उकालो लाग्यो ।
अन्य समूह भने नगन्य अंकले रातो रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको ७ लाख २८ हजार कित्ता शेयर २३ करोड ६७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।