सुनको मूल्य ३ सयले बढ्यो

फागुन १९,काठमाडौँ-पछिल्ला दिन स्थीर जसो रहँदै आएको सुनको मूल्य सोमबार उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ५२ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । अघिल्लो दिन तोलाको ५१ हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ महंगिएर ७ सय ५ मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंन्स १२ सय १६ डलरको हाराहारीमा कारोबार भैरहेको थियो ।