ह्युजको सम्झनामा अष्ट्रेलिया र नेपालबीच मैत्रिपूर्ण क्रिकेट हुने

फाल्गुन १९, काठमाडौं-नेपाल र अष्ट्रेलीयाबिच मार्च आठमा क्रिकेट प्रतियोगीता हुने भएको छ । खेलकै क्रममा बलले लागेर गत मंसिरमा मृत्युवरण गरेका अष्ट्रेलियन क्रिकेट खेलाडी फिलिप ह्युजको सम्झनामा अष्ट्रेलिया र नेपालबीच आगामी चैत २८ गते मैत्रिपूर्ण खेलखेल्न लागेको क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानको आग्रहमा त्रिभुवन विश्वविद्यालयको मैदानमा अष्ट्रेलियाली टिम र नेपाली टिमले जम्मा ६३ ओभरको खेल खेल्न लागेको क्यानले जनाएको छ । गत मंसिर ९ गते बलले लाग्नुपूर्व ह्युजले न्यू साउथ वेल्सविरुद्ध साउथर्न अष्ट्रेलियाका लागि अविजित रहँदै ६३ रन बनाएका थिए । सोही सम्झनामा एक टिमले ३१ ओभर ३ बल खेल्ने गरी क्यानले कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।