अब बन्ने वन ऐनले गरिबी उल्मुलन गर्न सघाउने

फागुन १९,काठमाडौँ -संयुक्त राष्ट्रसंघका वन क्षेत्रका सरोकारवाला समूहहरुको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । हिजोदेखि राजधानीमा सुरु भएको सम्मेलन शुक्रबार समापन हुनेछ ।

सम्मेलनमा दीगो वन व्यवस्थापन र वन क्षेत्रको अन्तर्राष्ट्रिय नीतिबारे छलफल हुने तथा अब बन्ने वन ऐनले गरिबी उल्मुलन गर्न सघाउने बताइन्छ ।

सम्मेलनबाट आएका सुझावहरुबाट दस्तावेज तयार गरी नेपाल सरकारले आगामी मे महिनामा हुने संयुक्त राष्ट्रसंघको ११ औं वन सम्मेलनमा प्रस्तुत गर्नेछ । सम्मेलनमा नेपाल लगायत विश्वका ५० देशका एकसय जनाको सहभागिता रहेको छ ।