गतिरोध अन्त्यका लागी आज छलफल हुने

फागुन १९,काठमाडौँ -सत्तासाझेदार दल काँग्रेस एमाले र विपक्षी मोर्चा बिच करिब डेढ महिनादेखि गतिरोध बढीरहेका बेला आज प्रधानमन्त्री शुशिल कोइराला र विपक्षी दलका नेता प्रचण्ड बिच भेटवार्ता हुने भएको छ ।

लामो समयदेखिको गतिरोध अन्त्यका लागि आज छलफल र वार्ता हुन लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।  अहिलेको मुल आवश्यकता संविधान निर्माण कार्य भएकाले मुख्य रुपमा संविधानसभामालाई कसरी संचालन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहनेछ ।
वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा हुने भए पनि समय भने तय नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश अधिकारीले जानकारी दिए । स्रोतका अनुसार आज चरणवद्ध रुपमा छलफल हुनेछ  ।