संविधानसभाले जारी प्रक्रिया अगाडी बढाउनुपर्ने एमालेको निष्कर्ष

फागुन १८, काठमाडौं -लामो समयदेखि वार्ता रोकिएको भन्दै नेकपा एमालेले संबिधानसभामा जारी बहुमतीय  प्रक्रिया अब रोक्न नहुने निष्र्कष निकालेको छ । बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सो पार्टीको स्थायी समिति बैठकले बिपक्षी दल सहमतिमा नआएको भन्दै प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो । सहमतिको नाममा आलटाल गर्दा पहिलेको जस्तै गरी संविधानसभा विघठन हुने खतरा रहेको भन्दै अब संविधान निमार्ण प्रक्रिया अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको सचिव योगेश भट्राइले जानकारी दिए । मनोनित गरिने पाँच जना बैकल्पिक केन्द्रीय सदस्यको नाम आजको बैठकले पनि टुङ्गो लगाउन सकेन । आकांक्षी  धेरै भएपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।