राम्रा आयोजनामा पूँजीगत खर्च हुन नसक्नु दुखद संसदीय समिति

 फागुन १८, काठमाडौं-व्यवस्थापपिका संसद अन्तर्गतको विकास र सुशासन तथा अनुगमन समितिले राष्ट्रिय प्राथमिकतामा परेका आयोजनाहरुमा पूँजीगत खर्च हुन नसकेको भन्दै दुख ब्यक्त गरेको छ । ठूला आयोजनामा खर्चहुन नसक्दा समग्र विकास खर्चमा प्रभाव परहेको भन्दै समितिको संयुक्त बैठकले यो सकारात्मक काम नभएको बताएको छ ।

आज वसेको समितिको संयुक्त वैठकले आयोजनामा हुने ढिलासुस्ती, भ्रष्टाचार, ठेकेदारको लापरवाही आदी कारणले समयमै काम सम्पन्न हुन नसकेको निश्कर्ष निकालेको हो । चालु वर्षमा समयमै वजेट आएपनि करिव १८ प्रतिशत मात्रै विकास खर्च भएको छ ।

समितिले पहिलो प्राथमिकतामा परेका आयोजनाहरुको तत्काल अनुगमन र नियमनका साथै विकास खर्च गर्ने बाताबरण प्रभावकारी बनाउनु सरोकारवाला मन्त्रालयका सचिव र आयोजना प्रमुखलाई निर्देशन दिएको छ । यस्तै वैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा कानूनी झमेला वेहोर्न नपर्नेगरि द्रुत प्रक्रिया र प्रणाली अपनाउन पनि निर्देशन दिएको छ ।