स्वाइनफ्लु संक्रमितका लागि डब्लुएचओले औषधी सहयोग गर्ने

फागुन १८, काठमाडौं – बिश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा स्वाइन फ्लू संक्रमीत विरामीका लागी आवश्यक थप औषधी उपलब्ध गराउने भएको छ । डब्लुएचओका नेपाल प्रमुख डाक्टर लिन अङसंगले स्वास्थ्य मन्त्री खगराज अधिकारीसंग आज विहान भएको भेटका क्रममा थप सहयोग गर्ने आश्वासन दिएका हुन् ।
सो अबसरमा स्वास्थ्य मन्त्री अधिकारीले थप औषधीको लागी सहयोगको आग्रह गरेका थिए । यसैबीच मन्त्री अधिकारीले स्वास्थ्य सचिब, स्वास्थ्य सेवा विभागका निर्देशक, विभिन्न महाशाखाका प्रमुखसंग स्वाइन फ्लुको नियन्त्रण र उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले उपचार, प्रगती विवरण हाल भइरहेको काम जानकारी गराउन समेत निर्देशन दिएका छन् । राम्रा आयोजनामा पूँजीगत खर्च हुन नसक्नु दुखद संसदीय समिति