एमाओवादी मोर्चालाई वार्तामा बस्न काँग्रेस नेता सिंहको आग्रह

फागुन १८, इलाम – उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन इलाम शाखाले सोमबार  इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने धारणा राख्दै सबैको सहमति र सहकार्यमा संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गरेका हुन् । निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयतालगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप दिन वार्तामा आउन सरकारले आग्रह गरेको उनले बताए ।