कोरम नपुगेर बैठक संचालन हुन सकेन

फागुन १८ , काठमाडौं -संसदीय समितिको बैठकमा सभासदहरुको न्युन उपस्थितीका कारण बैठक सुरू हुन सकेको छैन । ल्याटीन अमेरिकी मुलुकको बाटो हुँदै नेपालीहरु अमेरिका र क्यानडा जाने बाहनामा लाखौं खर्च गरेर अलपत्र पर्ने गरेको भन्दै समितिले गृहमन्त्री, प्रहरी महानीरिक्षक, अध्यागमन विभागमा महानिर्देशक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतलाई समितिमा डाकेको छ ।

आठ बजेर पैतिस मिनेट जाँदा समितिको बैठक कक्षमा उपस्थित भएका गृहमन्त्री बामदेव गौतमले लामो समय कुरेपनि बैठक कोरम नपुगेकै कारण सुरु हुन नसकेको बताए । बैठक कक्षबाट सभापति तथा सदस्यहरुले बैठक कोरम नपुगेका कारण सुरु हुन नसकेको भन्दै फोन गरेर सदस्यहरुलाई डाकिरहेका छन् ।