हात्तिपाइले रोगीको संख्या बढ्यो

इलाम-इलाममा हात्तिपाइले रोगीका बिरामिको सङख्या पछिल्लो समय बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामको गतवर्षको तथ्याङ्क अनुसार जिल्लामा ४४ जना मानिसहरु यस रोगबाट ग्रसित भएका छन् । यो रोग लागेको शुरुकै अवस्थामा उपचार गरे निको हुने तर लागेपछि उपचार गरे निको नहुने इलाम अस्पतालका डाक्टर रवि शाह बताउनुहुन्छ । जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख राजकुमार पोख्रेलका अनुसार जिल्लाको दक्षिणि सीमावर्ती क्षेत्र यस रोगको उच्च जोखिममा रहेको बताउनुभयो । झापा जिल्लासँग सिमाना जोडिएका यहाँका महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा र जिर्मले गाविस उच्च जोखिममा रहेको छ । प्रभावित क्षेत्रमाकार्यालयले सुपानेट झूल, ल्याब सेवालगायत कायत्र्रक्रम सञ्चालन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालले बताउनुभयो । बिश्वबाटै हेला गरीएको हात्तिपाइले रोग बिरुद्धको औषधि नेपाल सहित बिश्वका ७० देशमा खुवाइने गरीदै आएको छ । यो वर्ष इलाम सहित देशभर एकसाथ हात्तिपाइले रोग बिरुद्धको औषधि आउँदो फागुन २३, २४ र २५ गते खुवाइँदैछ ।