रंङ छ्यापाछ्याप गर्दै मनाइने होली पर्व सुरु

फागुन १८,कञ्चनपुर-आपसी सद्भावका रुपमा एकअर्कामा रंग छ्यापाछ्याप गर्दै मनाइने होली पर्व सुरु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिजोदेखि सुरु भएको अर्थात फागुन शुक्ल एकादशीका दिनदेखि फागुन शुक्ल पूर्णीमासम्म रमाईलो गरी होली पर्व खेल्ने गरिन्छ । एकादशीदेखि पूर्णीमासम्म मनाईने होली पर्व सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा लगायतका क्षेत्रमा आ–आफ्नै परम्परा अनुसार मनाउने गरिन्छ । होलीका अवसरमा छोरी, चेलीहरु माईती घर जाने तथा घरबाट टाढा रहेका दाजुभाई पनि आफ्नो घर फर्किने गर्दछन् ।