उच्च हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित, हवाइ उडान ठप्प

फागुन १८, काठमाडौँ-मुलुकभरका उच्च हिमाली क्षेत्रमा हिजोदेखि बर्षासँगै हिमपात भएको छ । जुम्ला, मुस्तांग, मनागं लगायतका जिल्लामा परेको हिमपातबाट मौसममा बदली आउँदा अत्यधिक चिसोका कारण सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । लगाातार ३ दिन सम्म परेको बर्षासँगैको हिमपातका कारण मौसम हिँउदमा जत्तिकै चिसो भएपछि जनजिवन प्रभावित बनेको हो । हिजो विहान चारबजेबाट पानी परेसँगै अहिले पनि हिँउ पर्ने क्रम जारी छ । हवाई तथा यातायातका साधानका साधन पनि सञ्चालन भएका छैनन् । चिसोको कारण सरकारी तथा गैर सरकारी संघ संस्थाका कामकाज समेत प्रभावित भएका छन् । बजारमा मान्छेको चहल पहल पनि कमै मात्र भएको छ । बजार पनि खुलेको छैनन् ।  चिसोबाट नवजात शिशु र बृद्धबृद्धा बढी प्रभावि हुने भएकोले न्यानो पारेर राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । चिसोको बेला प्रस्तत मात्रमा झीलीलो खानेकुरा खान स्वास्थ्य कर्मीले सुुझाव दिएका छन् ।