लगातारको वर्षाले मुलुकभरको जनजीवन प्रभावित, भोलीबाट मौसममा सुधार आउने

फागुन १८, काठमाडौँ-लगातार ३ दिनदेखिको वर्षाले मुलुकभरको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षासंगै परिवर्तन भएको  मौसमका कारण मुलुकभरका विभिन्न स्थानमा स्थानीय विरामी पर्ने, आफ्नो नियमित काम गर्न नसक्ने लगायतका समस्याबाट गुज्रिन बाध्य भएका छन् । जसका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।

यसैबिच सोमबार पनि मुलुकका विभिन्न स्थानमा बर्षा जारी रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्न्नबाट भने मौसममा पुर्ण सुधार भएर भोलीदेखि भने सामान्य बन्दै जाने र खुलेर घाम लाग्ने मौसमविध बरुण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै यतिवेला परेको पानीले हिउदे खाद्यवालीलाई पर्याप्त लाभ हुने कृषि बिज्ञहरुले बताएका छन । मुख्य हिउदे खाद्यवालीको रुपमा रहेको तर सिंचाई सुविधा नभएका क्षत्रको गहुँखेतीलाई सबैभन्दा बढी फाईदा पुग्ने बताइन्छ ।  जसले गर्दा खाद्यान्न उत्पादनमा बृद्धि हुनसक्छ । यतिवेलाको पर्याप्त वर्षातले पसाँउन थालेको गहुंवाली, मुसुरो, केराउ, लगायत कोषेवालीमा महत्वपूर्ण राहत हुन्छ । सुक्का मौसम भएकाले हिउदे फलफुल खेतीलाइ भने राम्रो फाईदा पुग्ने कृषक बताउँछन