सामाजिक सुरक्षा भत्ता बैँक मार्फत बितरण गर्ने प्रक्रियाका लागी लगत संकलन

फागुन १८, पर्वत-पर्वतमा सामाजिक सुरक्षा भत्ता बैँक मार्फत बितरण गर्ने प्रक्रियाका लागि गाउँ गाउँमा लक्षित बर्गका व्याक्तिहरुको बिबरण संकलनको काम शुरु भएको छ । जिल्लाका पाखापानी लुङखु र वालाकोट  वाहेक ४४ गाबिस र १ नगरपालिकामा लगत संकलन शुरु भएको हो । ४४ गाबिस र नगरपालिका वाट माघ चैत्र पहिलो साता भित्रैमा सबै बिवरण जिल्ला विकास समितिमा पठाउन निर्देशन दिएअनुसार काम अगाडी बढाईएको जिविसले जनाएको छ ।

गाउँ सुरक्षा भत्ता समन्वय समितिले ७० बर्षमाथीका जेष्ठ नागरिक, ६० बर्षका दलित ,एकल महिला, दलित वालवालिका ,क र ख बर्गका अपाङगहरुको बिवरण संकलनको काम धमाधम भइरहेको छ । गाउँ स्तरिय सामाजिक सुरक्षा भत्ता समितिले पठाएको बिबरण अध्ययन पछि जिल्ला विकास समितिले मन्त्रालयमा सबै बिबरण पठाउने गर्छ ।