कांग्रेसका नेता सुवर्णको स्मृतिमा रंगशाला बन्ने

फागुन १८,काठमाडौँ-नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्ण समशेर राणाको स्मृतिमा रंगशाला बन्ने भएको छ । जसको हिजो प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका छन् । रंगशालाको क्षेत्रफल ९५ रोपनी रहेको छ।  २५ करोड रुपैयाँको लागतमा बन्न लागेको उक्त रंगशाला आगामी तीन वर्षभित्र तयार हुने सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले जनाएको छ।

रंगशाला निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएको हो।  नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा माथि पुगे पनि देशभित्रै अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला छैन।   सरकार आफैंले मुलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउँदै छ।