विपक्षी मोर्चाको अभिव्यक्ति हतार मनस्थितिको उपज : एमाले

फागुन १७,काठमाडौँ-नेकपा एमालेले विपक्षी मोर्चाले दिएका अभिव्यक्ति वार्ता विरोधी भएको निस्कर्ष निकालेको छ । आज बसेको स्थायी कमिटीको बैठकले खुल्लामञ्चमा गरेको सभा र विपक्षी नेताहरूका अभिव्यक्तिहरू वार्ता विरोधी भएको निष्कर्ष  निकालेको हो । बैठकले विपक्षी मोर्चाका नेताहरूद्वारा हाम्रो पार्टीका विरुद्ध लगाइएका निराधार लाञ्छना तथा पार्टी नेतृत्वका विरुद्ध गरिएको गालीगलौजलाई हताश मनस्थितिको उपजका रूपमा विश्लेषण गरेको छ ।

यस्ता गैरजिम्मेवार अभिव्यक्ति र क्रियाकलापबाट रत्तिभर विचलित नभई संवाद र सहमतिको प्रयाशलाई जारी राख्दै छिटोभन्दा छिटो संविधान निर्माण गरी परिवर्तनका उपलव्धिलाई संस्थागत गर्ने सुनिश्चितताका लागि सबै खाले पहललाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकले राधाकृष्ण मैनाली र कमरेड विजय सुब्बालाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।