देश बिकासमा सबै एकजुट हुनु जरुरी : मन्त्री सिंह

फागुन १७,काठमाडौँ- उपप्रधान तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले देश बिकासका लागि सबै दल एक ठाउँमा उभिएर साझा अवधारणाका साथ अघि बढ्नु पर्ने जोड दिएका छन् । जिल्ला बिकास समिति झापाको आर्थिक बर्ष २०७२-०७३ को निति, बजेत तथा कार्यक्रमको सार्वजनिकी कार्यक्रममा बोल्दै मन्त्री सिंहले दलहरुको आपसी समझदारीका कारणले मात्र देश बिकासले गती लिने बताए ।

कार्यक्रममा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक अग्नी खरेलले एमाओबादी लगायतका बिपक्षी दलहरु टुलीखेलमा मान्छे उतारे होईन संविधान सभा र सिंहदरबार भित्र बसेर छलफलबाट नै संबिधान जारी गर्ने तर्फ केन्द्रीत हुनु पर्ने बताए ।