एमालेद्धारा एमाओवादी सल्लाहाकार र समाजवादी नेतालाई केन्द्रिय सदस्यमा नियुक्त

फागुन १७,काठमाडौं  -नेकपा एमालेले राधाकृष्ण मैनाली र विजय सुब्बा एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । एमाओवादीका केन्द्रीय सल्लाहकार मैनाली र संघीय समाजवादी पार्टी नेपाल छाडेर एमाले फर्केका सुब्बालाई आइतबार बसेको स्थायी समितिको बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । संघीय समाजावादी छोडेका सुब्बालाई एमालेले गत साउनमै केन्द्रीय कार्यालय बल्खुमा स्वागत गरिसकेको थियो । एमाओवादीका सल्लाकार रहेको एमालेका संस्थापक समेत रहेका मैनालीले एमाओवादी छोडेको घोषणा गरेका छैनन् । उनलाई आइतबारको स्थायी कमिटि बैठकले सिधै केन्द्रीय सदस्यमा मनोननय गरेको हो ।

‘संघीय समाजवादीबाट आउनुभएका विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ’ । एमाले स्रोतका अनुसार आरके मैनालीलाई स्थायी समितिमा लगिने तयारी भएको छ । त्यस्तै विजय सुब्बालाई पोलिट्ब्यूरोमा लगिनेछ । एमालेले अन्य पार्टीबाट छाडेर आउने २० प्रतिशत सदस्यको कोटाबाट दुबै नेतालाई केन्द्रीय कमिटिमा मनोनयन गरेको हो । वैकल्पिक केन्द्रीय सदस्यहरुको टुंगो सोमबार लगाइने सचिव गुरुङले जानकारी दिए । ‘बैकल्पिक केन्द्रीय सदस्य मनोनयको टुंगो भोलिसम्म लाग्नेछ’, गुरुङले भने, ‘सम्भावित मनोनितहरुको नामबारे छलफल भइरहेको छ । त्यसको टुंगो भोलि लागेर ५ जनालाई बैकल्पिक केन्द्रीय सदस्य बनाइने छ ।