इग्ल्याण्डले श्रीलंकालाई दियो ३ सय १० रनको चुनौती

फागुन १७, काठमाडौं -विश्वकप क्रिकेटमा इग्ल्याण्डले श्रीलंकालाई ३ सय १० रनको चुनौती पेश गरेको छ । विलिङटनमा टस जितेर व्याटिङ रोजेको इंग्ल्याण्डले जोए रुटको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रन बनायो । रु रुटले १०८ बलमा १४ चौका र दुई छक्कासहित १२१ रन बनाए । इयान बेलले ४९ रनको योगदान दियो । श्रीलंकाली बलरको कमजोर बलिङको फाईदा उठाउदै इग्ल्याण्डले विशाल लक्ष्य प्रस्तुत गरेको हो । यो समाचार तयार पार्दा श्रीलंकाले २४ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १ सय ३१ रन बनाएर खेलिरहेको छ ।