जबरजस्ती सडकमा कार्यकर्ता उतार्दैमा गन्तब्यमा पुगीँदैन् — सचिव ज्ञवाली

फागुन १७, पोखरा  एमाले सचिव प्रदीप ज्ञवालीले एमाओबादी नेतृत्वको  ३० दलिय मोर्चाले जर्बरजस्ती कार्यकर्ता सडकमा उतारेर गरिएको आन्दोलनको औचित्य र गन्तव्य नभएको बताएका छन् ।  प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधान बनाउने समयको उपेक्षा गर्दै हिँडेर एमाओवादीले ठुलो भुल गरेको र गन्तब्यहीन यात्रा तत्रा उन्मुख भएको आरोप लगाए । उनले सडक आन्दोलले संविधान छिनोफानो गर्ने भ्रम नपाल्न आग्रह गदै संविधानसभा भित्रै बसेर सहमति खोज्न विपक्षीलाई आग्रह गरे ।

आन्दोलनमा मान्छे उत्तादैमा संविधानसभा असफल हुन्छ सकिन्छ भन्ने सोचाई छाडन समेत आग्रह गदै काँग्रेस र एमालेले पनि एक एक लाख मान्छे सडकमा उत्तार्न नसक्ने हैन्, बार्ताबाटै निकास निकाल्नुको विकल्प छैन । उनले वार्ताका लाडि रातो कार्पेट बिछाउदै झ्याल ढोका खोल्दा पनि आन्दोलनमा जानु राम्रो नभएको जिकिर गरे । सचिव ज्ञवालीले सडक आन्दोलनबाटै सबै छिनोफानो गर्छु भन्ने एकीकृत नेकपा माओवादीको गञ्जागोल र अन्योलग्रस्त गन्तव्यले फेरि नेपाली जनता र मुलुकले दुःख पाउने समेत दाबी गरे ।