साताभित्र एसएलसी उत्तर पुस्तिका सम्बन्धीत केन्द्रमा पुर्याइने

फागुन १७, काभ्रेपलाञ्चोक-जिल्ला शिक्षा कार्यालय काभ्रेले एक साताभित्र सम्बन्धीत सबै परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका पुर्याइने छ । गत वर्षको एसएलसी परीक्षा केन्द्रलाई नै यो वर्षपनि निरन्तरता दिन लागिएको कार्यालयले जनाएको छ । कतिपय विकट क्षेत्रका परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याउने काम सुरु भइसकेको कार्यालयका परीक्षा शाखा अधिकृत प्रकाश चन्द्र ढुंगेलले जानकारी दिनुभयो । केन्द्राध्यक्ष तोक्नेबारे जिल्ला स्तरीय एसएलसी परीक्षा समन्वय समितिसँग छलफल भइरहेकाले छिट्टै केन्द्राध्यक्ष तोकिने अधिकृत ढंगेलले बताउनुभयो । जिल्लामा यो वर्ष नियमित र एक्जाम्टेडका गरी जम्मा ९ हजार ८ सय १२ जना परीक्षार्थीका लागि ४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जिल्लामा पहिलो पटक यो वर्ष दुई वटा विद्यालयबाट प्राविधिक विषय तर्फका ४७ जना, १÷१ ओटा खुल्ला विद्यालयका ७३ र अनौपचारिक विद्यालय तर्फका १७० जना परीक्षामा सहभागि हुदैछन् । परीक्षामा सामुदायिक र संस्थागत गरी २०८ वटा विद्यालयका विद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय काभ्रेले जनाएको छ ।

मंसिर महिनामा नै शिक्षा विभागमा केन्द्रको सिफारिस गरिसक्नुपर्ने भएपनि जिल्ला शिक्षा कार्यालयमा भइरहेको महिना नै पिच्छेको शिक्षा अधिकारीको सरुवाका कारण परीक्षा केन्द्रको परिमार्जन नगरि माघ गत ८ गते पुरानै केन्द्र सिफारिस गरिएको थियो । यो वर्षको एसएलसी परीक्षा चैत ५ गतेबाट सुरु हुदैछ ।