भीरबाट खसेर एक जनाको मृत्यु

फागुन १७,, अछाम-अछामको पायल गाबिसमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएका बेला गाविसको वडा नम्बर २ निवासी लक्ष्मी कार्कीको स्थानिय घोडाखान भिरबाट खसेर मृत्यु भएको हो । ४२ बर्षिया पार्कीको शनीवार दिउँसो करिब १ बजे भिरबाट खस्दा घटनास्थलमै मृत्यु भएको स्थानिय मिनबहादुर कुँवरले जानकारी दिनुभएको छ । अछाममा पछिल्लो साढे २ महिनाको अवधीमा ५ जनाको भिरबाट खसेर मृत्यु भईसकेको छ ।