एमाले स्थायी कमिटि बैठक आज

फागुन १७,काठमाडौँ-पाँच जना केन्द्रीय सदस्य चयनका विषयमा छलफल गर्न एमाले स्थायी कमिटि बैठक आज बस्न लागेको छ । पार्टी कार्यालय बल्खुमा दिउँसो १ बजे बैठक बस्न लागेको सचिव प्रदीप ज्ञवालीले  जानकारी दिनुभयो ।  त्यसअघि केन्द्रिय सदस्यमा मनोनित दश जना सदस्यलाई सपथ ग्रहण गराउन लागिएको छ । मध्यान्ह १२ बजे पार्टी कार्यालयमा सपथ कार्यक्रम तय भएको छ । पार्टी कार्यालय, बल्खुमा बुधबार बसेको स्थायी समिति बैठकले मनोनीततर्फ १५ मध्ये १० जना पूर्ण केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

मनोनयनसँगै केन्द्रीय कमिटीमा एक १ सय ७६ सदस्य पुगेको छ । तर अझै पाँच वैकल्पिक सदस्य मनोनयन गर्न बाँकी रहेकाले आज पाँच सदस्यको पनि टुङ्गो लगाउन लागिएको हो । बैठकमा कार्यविभाजनका विषयमा पनि छलफल हुन लागेको छ । आज वैकल्पिक पाँच सदस्यको पनि टुङ्गो लागेपछि केन्द्रिय कमिटी एक  सय ८१ सदस्यिय हुने भएको छ ।